समाचार

विष्णु माझीलाई घर बाहिर ल्याउन भन्दै चर्चित पत्रकारहरु रवि लामिछाने

विष्णु माझीलाई घर बाहिर ल्याउन भन्दै चर्चित पत्रकारहरु रवि लामिछाने, ऋषी धमला र कृष्ण कँडेल प्रहरी लिएर सुन्दरमणीकै घरमा पुगे, रविसँगको भेटमा विष्णु माझीले खाइन् यस्तो कसम, विष्णुको अचम्मको प्रतिक्रिया पाएपछि रवि खुशी हुँदै फर्किए, हेर्नुहोस् भिडियो

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा परिवार तथा संस्थाले शेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिन नपाउने नीति ल्याएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको उनको भनाइ छ । त्यसबाहेक लगानीयोग्य रकमको अभाव, बैंकको ब्याजदर बढ्न सक्ने संकेत देखिएकाले पनि नेप्से घट्न पुगेको अध्यक्ष मैनालीको तर्क छ ।

राष्ट्रले शेयर धितो राखेर लिने कर्जामा कसिलो नीति नल्याएको भए शेयर बजार यसरी उच्च अंकले घट्ने थिएन् । तर केन्द्रीय बैंकले एकाएक शेयर बजारलाई प्रभाव पार्ने गरी नीति ल्याएका कारण नेप्से निरन्तर ओरालो लाग्न पुगेको हो । कुन क्षेत्रमा कति लगानी गर्ने अधिकार त राष्ट्र बैंकको हुन्छ । तर, धितोपत्र बोर्ड मार्फत मार्जिङ ल्यान्डिङको व्यवस्था गर्न सकेको भए राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा आपेक्ष नलाग्ने मैनालीले बताए । ‘बैंकबाट ब्रोकरहरुले फन्ड

लिएर त्यसरी लगानी गर्न पाएको भए राष्ट्र बैंकलाई त्यति धेरै आरोप लाग्दैन थियो,’ उनले भने, ‘अन्तराष्ट्रिय बजारमा बैंकले ब्रोकरलाई रकम दिने र त्यस्तो रकम ब्रोकरमार्फत लगानी गर्ने व्यवस्था छ । तर, नेपालमा त्यो मोडलमा जान सकिएन् । बैंकबाट ब्रोकरले पाउने च्यानल स्टावलिस गरिएन त्यो भएर मार्जिन ट्रेडिङ पनि सफल हुन सकेन् ।’ अब राष्ट्र बैंक, धितोपत्र बोर्ड त्यो बाटोमा जाने गरी ध्यान दिनुपर्ने सुझाव अध्यक्ष मैनालीले दिए ।

नेप्से निरन्तर घट्नुलाई राष्ट्र बैंकको नीतिमात्रै कारण नभएको पनि उनले बताए । ‘लगानीयोग्य रकम (तरलता)को अभाव हुँदै गइरहेको छ,’ मैनालीले भने, ‘त्यसले गर्दा ब्याजदर बढ्ने सम्भावना देखिएको छ । यसले गर्दा पनि बजार ओरालो लाग्न पुगेको हो ।’ यसैगरी, हाइ्रोपावरका प्रमोटरहरुले पनि शेयर बिक्री गरेर बाहिरी सकेको जानकारी पनि उनले दिए । यसले पनि बजार घट्न पुगेकाे हाे ।

अहिले बैंकिङ प्रणालीमा २८ अर्बको हाराहारीमा मात्र तरलता छ । पछिल्लो समयमा तरलताको अभाव हुन थालेको यसले प्रष्ट संकेत दिएको छ ।पहिलो चरणको कोरोना भाइरसको संक्रमणपछि लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएर बसेको थियो । त्यति बेला २ खर्ब भन्दा बढी बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थियो । तर, त्यो रकम विस्तारै लगानी हुन थालेपछि अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन थालेको हो ।

बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेपछि बैंकबाट लिएको ऋणको ब्याज बढ्ने सम्भावना देखिएको छ । सरकारले खर्च नगरेका कारण बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेको बिज्ञहरुको भनाइ छ ।केही समय अघि बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलमा लगानी बढाएका थिए । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बैंकहरुले त्यही बिल खरिद गर्न पुग्दा तरलताको अभाव हुन पुगेको उनीहरुको भनाइ छ ।

त्यसैगरी, मौद्रिक नीतिमा भएको नयाँ व्यवस्थाले थप तरलताको अभाव हुने देखिएको छ । मौद्रिक नीति ८५ प्रतिशतको सिसिडी रेसियोलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले पनि तरलताको अभाव हुने देखिन्छ । दसै तिहारका लागि सामान ल्याउन थालिएको र ठूलो रकम

Related Articles

Back to top button