समाचार

बेलायती सेना र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्यो, यस्तो छ तलब र छनौट प्रक्रिया !

क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट भर्ती नलिने बेलायतको नीति रहेकाले प्रतिस्पर्धी नदेखिएका हुन् । ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो।

कोरोना महामारीले छनोटमा समस्या देखिएपछि यो पटक १९ देखि २१ वर्षकालाई मात्र अनलाइनबाट फाराम भराएको थियो। कोभिड–१९ महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम दुवै छनोट पोखरामा हुने गरेको छ ।

मुख्यालयले भर्ती हुन चाहने प्रतिस्पर्धी युवाको चाप बढे पनि ब्रिटिस गोर्खाको कोटा भने घटाएको छ। गत वर्ष ब्रिटिस सेनाका लागि ३ सय ४० र सिंगापुर पुलिसका लागि १ सय ३४ छानिएका थिए।

यसपटक क्षेत्रीय छनोटमा ब्रिटिसतर्फ ५ हजार ७ सय ८७ जना र सिंगापुरतर्फ २ हजार ४ सय १९ जनाको नामावली प्रकाशित गरेको छ ।

‘ब्रिटिस सेना र सिंगापुर पुलिसको गोर्खा भर्ती हाम्रो छनोट प्रक्रिया सधैं नि:शुल्क, निष्पक्ष र पारदर्शी छ,’ बेलायती सेनाको मुख्यालयको वेबसाइटमा भनिएको छ, ‘यो वर्ष हामीले उत्कृष्ट २ सय ३० जना जवानहरू ब्रिगेड अफ गोर्खाजमा अनि उत्कृष्ट १ सय ४० जना जवानहरू गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसको लागि छनोट गरिनेछ।

Related Articles

Back to top button