समाचार

एमसीसी पास गर्न सहयोग नगरे संसद विघठन गर्ने देउवाको तयारी

परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी केहि दिन भित्रै पारित गराउँनको लागी ज्यान दिएर लागेका छन् ।

सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका छन् । चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ ।

एमसीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ । एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिएका छन् । यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपा एस देउवाको अडान पछि झस्किएको छ ।

उच्च स्रोतले ओटीभी नेपाललाई दिएको सुचना अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुलाई एमसीसी पास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिएका छन् । देउवाको चेतावनी पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको उच्चस्तरिय टिम नेपाल आउँने बेला सम्म एमसीसी बारे फाइनल गरि सक्ने मुडमा देउवा रहेको देखिन्छ । भदौ २३ गते देखी बोलाइएको संसदको अधिवेशनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ ।

एमसीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ । हेरेक दिन जस्तो एउटा विज्ञप्ती जारी गरेर सरकारले जनतालाई आतंकित पार्ने काम पनि गरिरहेको छ । एमससीको विरोध गर्ने लाई जेल हाल्ने चेतावनी देखी मोदीको पुत्ला जलाउँने लाई कारबाही गर्ने सम्मका धम्की देउवा सरकारले दिइरहको छ ।

एमसीसी पास अनी मात्रै सरकारको अरु काम भन्दै देउवाले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । सत्तागठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपालले एमसीसीको विरोधमा सडक आन्दोलन घोषणा गरिसकेको छ भने अन्य दलले पनि अब कसरी अघि बढ्ने भन्नेमा आन्तरिक छलफल सुरु गरेका छन् ।

Related Articles

Back to top button