समाचार

एमाले छोरी, ज्वाँई र बुहारी सपार्ने पार्टी होइन – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।सोमबार राष्ट्रिय युवा संघको विशेष भेलालाई सम्बोधन गर्दै ओलीले एमाले छोरी, ज्वाँई र बुहारी सपार्ने पार्टी नभई देश बनाउने अभियानमा लाग्न निर्देशन दिए।

विभिन्न पार्टी छाडी युवा संघमा प्रवेश गरेकालाई सम्बोधन गर्दै उनले भने,‘तपाईहरु ठिक ठाउँमा आउनुभयो अब देश बनाउन सक्रिय हुनुहोस्। हामी बुहारी सपार्नेतिर लाग्ने काममा सक्रिय हुनेछैनौं, हाम्रो अभियान देश बनाउने हो।’

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार भर्याङमुनी रहेको र अलिक दिनका लागि आएको पाहुना सरकार मात्र भएको टिप्पणी गरे। निर्वाचनबाट एमाले अझ बलियो भएर आउने दाबी गरेका उनले पार्टी विभाजन गर्ने माधवकुमार नेपाललगायत उनीसँग रहेका नेतालाई लोभीपापीको संज्ञा दिए।

Related Articles

Back to top button