समाचार

एमसीसी बिरुद्ध संसद भवन गेटमै टायर बालेर अ,ज्ञाद समुहद्धारा प्रर्दशन

काठमाडौं । वि,वादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बिरुद्ध अज्ञात समुहले संसद भवनको गेटमै टायर बालेर बिरोध प्रर्दशन गरेको छ । आज बेलुका साझा ८ः४० बजे ५,६ जनाको अ,ज्ञात समुहले बिरोध स्वरुप टायर बालेर प्रर्दशन गरेका हुन ।करिब ३,४ वटा टायर बालेर उनीहरु सो स्थानबाट केही सेकेन्डमै फरार भएका थिए । पूर्ण रुपमा टायर जल्न नपाउँदै संसद भवनको सुरक्षामा खटिएका प्रहरीहरुले बेलेको टायरलाई नियन्त्रणमा लिएका थिए ।प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी पास गर्न जोडबल गरेको र एमसीसी राष्ट्रघाति भएको भन्दै देश व्यापी रुपमा आन्दोलन सुरु भएको छ । गृहमन्त्रालयले सहयोग सम्बधित विषयमा बिरोध प्रर्दशन नगर्न र अनावश्यक बिरोध गरे विज्ञाप्ती मार्फत का,रवाही गर्ने चे,तावनी दिएको थियो । अहिले एमसीसी बिरुद्ध आन्दोलन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

Related Articles

Back to top button