समाचार

संखुवासभा एकै परीवार ६ जनाको ह,त्याको रहस्य यस्तो छ तुरुन्त हेर्नुस।

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको ह’ ‘त्या भएको छ । अ’ज्ञा’त स’मूहले आइतबार राति घरेलु ह’ति’या’र प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए ।

ह’ ‘त्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भने । ‘मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एकलासमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,’ उनले भने,’छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।’

घरमा भेटिएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।

त्यस्तै नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको ह’ ‘त्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ प्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

Related Articles

Back to top button