समाचार

२० वर्षदेखि मलेसियामा रहेका थापाको मृत्यु, शव नेपाल पठाईदिन छोराको अपिल

क्वालालम्पुर, २० भाद्र ।करीव २० वर्ष देखी मलेसियामा रहेका लम्जुङका एक नेपालीको मृत्यु भएको छ । सन २००३ मा मलेसिया आएदेखि नेपाल समेत नफर्किएका लम्जुङ जिल्ला भोटेगौडा गाविस वडा न २ का ५२ वर्षिय गोविन्द कुमार थापाको पेनाङको विएम अस्पतालमा मृत्यु भएको हो ।

मलेसियामा विभिन्नस्थानमा वस्दै कहिले कुन कम्पनी कहिले कुन रेमिटान्समा समेत थापाले काम गर्दै आईरहेका थिए । पछिल्लो समयमा उनी निम्वुङ टेवलमा वस्दै आएका थिए ।
केहि समय अगाडि देखि थापा विरामि भएका थिए । जनउद्धार केन्द्रको पहलमा थापालाई अगष्ट २८ तारिखमा नेपाल पठाउन क्वालालम्पुर एयरपोर्ट सम्म लगिएको थियो । एयरपोर्टमा विभिन्न प्रकृयाहरु मिलाउदै गर्दा थापा सोहि ठाउँमा ढलेका थिए । एयरलाइन्सले विरामि अवस्थामा नेपाल लैजान नसक्ने जनाएपछि फर्काएर फेरी पेनाङको विएम अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार थापाको मृत्यु भएको हो ।

Related Articles

Back to top button