समाचार

एकै परीवारको ६ जनाको यसरी दु,:खद ह,त्या भयो । देख्ने सबै ड,राए

संखुवासभामा अत्यन्तै दुखद घटना भएको छ । जिल्लाको मादी गाउँपालिका–१, उम्लिङमा एकै परिवारका ६ जना मृ त फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रवक्ता प्रहरी निरीक्षक इन्स्पेक्टर लालध्वज सुवेदीका अनुसार ९३ वर्षीया हजुरआमादेखि ४ वर्षका बालकसमेत मृ त फेला परेका छन् । उक्त स्थान सडकदेखि ३ घण्टा पैदल हिँड्न पर्ने दुरीमा रहेको छ । स्थानीय स्तरमा उपलब्ध प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको र जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदी अधिकारीसहित अनुसन्धान घटनास्थलतर्फ लागेको समेत प्रहरीले जानकारी दिएको छ ।

मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्कका तेजबहादुर कार्कीको परिवारका सदस्यको यस्तो घटना भएको हो । घटनास्थल तर्फ जाँदै गरेका नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले बिहान गाउँलेले घटना थाहा पाएर प्रहरीलाई जानकारी दिएको बताए । उनले भने, ‘हामी घटनास्थल तर्फ जाँदै छौँ । थप जानकारी पुगेपछि नै आउला।’ घटनामा ६ जनाको ज्यान गएको उनले बताए । स्थानीय प्रहरीले नाका शिल गरेको र डिएसपी लालध्वज सुवेदीसहितको टोली जाँदै गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिएका छन् ।

सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्कीको ज्यान गएको बताइएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको छ । प्रतीकात्मक तस्वीर

Related Articles

Back to top button