समाचार

बिर अस्पताल अगाडिबाट १८ वर्षका दुईजना पक्राउ यो उमेरमै गरे बिश्वासनै नलाग्ने यस्तो काम

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिका-२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश-०२-०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका-१० घर वताउने २ जना १८ वर्षीय किशोरहरूलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले उक्त मोटरसाइकल काठमाडौं बागबजारबाट चोरी गरी ल्याएको भन्ने खुन्न आएपश्चात उनीहरूलाई प्रहरीले प क्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो

Related Articles

Back to top button