यिनै हुन मलेसियामा ड्युटि सकेर रुम फर्किने क्रममा बसको सिटमै मृत भेटिएका पुर्णलाल
मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो । मलेसियाको मेरुमा रहेको top globe कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो । गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन । नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो। मोक्तान बिगत ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए। हार्दिक श्रद्धाञ्जली! दुखद खबरले स्तब्ध बनायाे!!यस दुखद घडी मा शोकाकुल परिवार प्रति समबेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु?