भारतमा गाईलाई राष्ट्रिय पशु घोषणा ?
भारतको इलाहाबाद उच्च अदालतले गाईको रक्षाको विषयलाई कुनै पनि धर्मसँग जोड्नु जरुरी नभएको बताउँदै गाईलाई राष्ट्रिय पशु घोषणा गर्नुपर्ने बताएको छ ।
अदालतले भारतको केन्द्र सरकारलाई यस विषयम विचार गर्न भनेको छ । बुधबार जावेद नामका एक व्यक्तिको याचिका खारेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।
जावेदलाई गोहत्या अधिनियमको धारा ३, ५ र ८ अन्तर्गतका आरोप लगाइएको छ । अदालतले उनको याचिका खारेज गर्दै गौरक्षा केवल एक धर्मको जिम्मेवारी नभएको बताएको छ ।
गाई देशको संस्कृति भएको बताउँदै अदालतले गाईको रक्षा जोकोहीको जिम्मेवारी भएको बताएको छ । न्यायाधीश शेखर कुमारले फैसला सुनाउँदै केन्द्र सरकारले सदनमा गाईलाई कूल अधिकार दिने गरी नयाँ कानुनको प्रस्ताव ल्याउनुपर्ने बताए ।
न्यायाधीशले भने ‘गाईलाई राष्ट्रिय पशु घोषित गर्ने समय आएको छ । जसले पनि गाईलाइ दुःख दिन्छ, गाईलाई नोक्सानी पुर्याउने प्रयास गर्छन् उनीहरुविरुद्ध कडा कारवाही हुनुपर्छ ।