समाचार

पर्वतमा भीषण पहिरोमा परी मृ,त्यु हुनेको संख्या ६ पुग्यो, २ अझै वे,पत्ता

पर्वतका विभिन्न ठाउँमा पहिराले पु,रिँदा ६ जनाको मृत्यु भएको छ भने २ जना पु,रिएर बे,पत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पु,रिएकामा दुई मृतावस्थामा फे,ला परेका छन् ।

पहिरामा पु,रिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको श,व निकालिएको छ । घरका तीन बे,पत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पु,रिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको श,व फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पु,रिएर ५० वर्षीया ठुलीमाया थापाको मृ,त्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

 

Related Articles

Back to top button