समाचार
कैलालीमा विङ्गर गाडी दुर्घटना, ७ जना घाइते
कैलालीमा विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गाैरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु.प.प्र. ००१ ०२ ज ३९९ नम्बरको विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।
पूर्वबाट पश्चिम आउँदै गरेको उक्त विङ्गर साइकल यात्रीलाई बचाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। उनका अनुसार घाइते भएका साइकल यात्रीसहित सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।