समाचार

कोरोना संक्रमितको उपचारहुने अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ ।

इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो ।

तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन्

यो घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् । एजेन्सी

tajapostnp

Related Articles

Back to top button