समाचार

हिन्दू धर्म मान्यता अनुसार पूजाकोठामा पितृको तस्बिर राख्दा के हुन्छ ?

हिन्दू धर्ममा विभिन्न मान्यताहरु छन् । जन्मदेखि मृत्युपर्यन्त पनि विभिन्न धार्मिक मान्यताहरुको पालना गर्नुपर्छ ।विभिन्न चाडवाडमा मात्र होइन दैनिक कर्ममा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई महत्व दिइन्छ । यसैका लागि छुट्टै पूजा कोठाको निर्माण समेत गरिएको हुन्छ ।

केहीले पूजा कोठामा आफ्ना पितृहरुको तस्वीर समेत राख्ने गरेको पाइन्छ । तर, वास्तुशास्त्रले पूजाकोठामा पितृका तस्वीर राख्दा अनिष्ठ हुने बताउँछ । यसो गर्नाले परिवारमा कलह पैदा हुने वास्तुशास्त्रीहरुको मान्यता छ । हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ ।

आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले प्राण गए पछि शरीरलाई जलाइन्छ ।वास्तु अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ ।

यो पनि पढ्नुहोला :

थाहा पाउनुहोस् यी ३ राशिका स्त्रीहरुले आफ्नो भन्दा बढी चाहन्छन् परिवारको खुशी !

ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ। हुन पनि हो,ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो।

ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन्।यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ।विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको निर्धारण रहने गर्दछ। ज्योतिष शास्त्रका अनुसार यी तल दिएका राशि हुने युवतीहरू धेरै राम्रा र सफल बुहारी बन्न सक्छन्।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्।अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्।जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्।

यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

infolinkmedia

Related Articles

Back to top button