समाचार

‘क्यामराले ठूलो देखायो, मेरो सानो छ’ : साम्राज्ञी राज्यलक्ष्मि शाह (भिडियो)

ड्रिम्स’ चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकि साम्राज्ञी राज्यलक्ष्मि शाह बेलाबखत विभिन्न कारणले चर्चामा आउँछिन् । कोरोनाको पहिलो लहरको समयमा साम्राज्ञीले सदावहार नायक भुवन केसीले आफूमाथि गरेको व्यवहारलाई सामाजिक संजालमार्फत दर्शकसामु सार्वजनिक गरेकि थिइन् । उक्त घट्नाले मिडियामा ठूलै स्थान पायो ।

अहिले साम्राज्ञी मिडियामा खासै देखिएकि छैनन् । सन् २०१९ मा ‘रातो टिका निधारमा’ फिल्ममा देखिएकि शाह त्यसपछि कुनै पनि फिल्ममा देखिएकि छैनन् । तर, उनका तस्बिरले सधैँ सामाजिक संजालमा चर्चा पाउँछ । उनी बिन्दास छिन्, मनमा लागेको कुरा बोल्छिन् । त्यसैले पनि होला उनलाई धेरै दर्शकले मनपराउँछन् ।

मंगलबार उनले एउटा यस्तै तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकि छिन् । उनले एक तस्बिरमा अम्बा देखाउँदै सांकेतिक तरिकाले ‘मेरो सानै छ, क्यामराले ठूलो देखायो ।’ भनेकि छिन् ।

उनले उक्त तस्बिर आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरेकि हुन् । साम्राज्ञी सामाजिक संजालमा सक्रिय छिन् । उनी सामाजिक संजालमा आफू रमाएको तस्बिरहरु सार्वजनिक गर्छिन् ।

केहि वर्ष अगाडि नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भयो । सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।

आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो । त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बन्न पुग्यो । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर हटाइसकेकि छिन् ।

साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो भन्ने अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।

narayanipati

Related Articles

Back to top button