सामाजिक सञ्जालमा एउटा भाइरल फोटो आफ्नी आमा र बहिनी गु’माएका बालक सिरिया छाडेर जोर्डन जान लागेका त्यो भावुक दृश्य
काठमाडौं। सिरियामा गृह यु’द्धका कारण लाखौं मानिसले ज्या’न गु’माएका हुन्। ९ वर्षदेखि जारी यु’द्धमा मृ’त्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ। मा’रि’नेमा हजारौं बालबालिका समेत छन।
सिरियामा जारी द्व’न्द्वका कारण एक करोड ३० लाख बढि सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन्। यु’द्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हु’रा भएका छन्।
यसैबीच, सामाजिक सञ्जालमा पछिल्लो समय एउटा फोटो भा’इरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश छाडेर मरुभूमीको बाटो हुँदै छिमेकी मुलक जोर्डन जान लागेको देखिन्छ। आफ्नी आमा र बहिनीलाई गु’माएका बालकले हातमा एउटा झोला समातेका छन्।
उक्त झोलामा आमा र बहिनीको लुगा रहेको बताइएको छ। सिरिया देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन्। यो फोटोले सिरियाली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दा’बी गरिएको छ।सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारवि’रोधी आ’न्दोलनपछि सिरिया कल्पना नगरेको गृहयु’द्धमा पुगेको हो।
सिरियाली राष्ट्रपति बसर अल-सद विरोधी आ’न्दोलनलाई सरकारले क’डारूपमा द’वाउन खोजेपछि चारैतिर सशस्त्र द्व’न्द्व चर्किएको थियो। जसका कारण सिरिया लगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश पाएको छ।
postpatrika