समाचार

दक्षिणकाली मन्दिरमा सबै नागहरु बाहिर निस्के अनिष्टको संकेत

दक्षिणकाली मन्दिरमा अप्रत्यासित घ’टना: मन्दिरमा सबै नाग बाहिर निस्के अ’निष्टको संकेत राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ। बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ। ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो।’

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन्।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए। शुरु–शुरुमा बालबालिका र युवा–युवतीले ढुंगाले हिर्काउने, काठको टुक्राले हिर्काउने गर्न थालेपछि नाग संरक्षणमा स्थानीयले चासो देखाएका थिए। अहिले उनीहरु स्थानीय अगुवाहरुले समिति नै बनाएरै नागको संरक्षण थालेका छन्।

जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् । सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

उनीहरु सम्पर्कविहीन भएको भङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए । उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली खटिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

narayanipati

Related Articles

Back to top button