समाचार

कोरोना जितिकन ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ

कोरोना जितिकन पुर्णरुपमा निको भएपछि ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ

काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । कोरोनासंक्रमित भएपछि २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका दीपले केही समय घरमै आराम गरेपछि निको भएर अब भने सेटमा फर्किएका हुन् ।

दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए । अब उनी पुर्णरुपमा निको भएर सेटमा फर्किएका हुन् । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले शोमा कोचको रुपमा दीपलाई देख्न पाउने छन् ।

’‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।

narayanipati

Related Articles

Back to top button