समाचार

साउदीको ११ कम्पनीबाट धेरै पदहरुको लागि नेपाली कामदार माग, तलब ५६ हजारसम्म (हेर्नुस् सुचना सहित )

काठमाडौं : साउदी अरबको बिभिन्न ११ वटा कम्पनीहरुमा धेरै पदहरुका लागी नेपाली कामदारको माग भई आएको छ ।

विभिन्न ११ वटा कम्पनीबाट विभिन्न किसिमको कामदारको माग भएको र तलब मासिक ३१ हजार देखि ५६ हजारसम्म रहेको छ ।

नेपालको अक्सफोर्ड इन्टरनेसनल प्राली काठमाडौंले छनौट गरेर पठाउने भएको हुँदा मेनपावर कम्पनी अक्सफोर्डको कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरिएको छ ।
नेपाली कामदार छनौटको लागि असार ५ गते अन्तरवार्ता राखिएको छ । अन्तर्वार्ता मेनपावर कम्पनीको कार्यालयमै हुने जनाएको छ ।

बिस्तृत जानकारीको लागि मेनपावर कम्पनीको कार्यालय वा कार्यालयको नम्बर ५४५५५३१, ५४५५६८३, ५४५५९८३ र मोबाईल नम्बर ९८०२०८१७७७, ९८५१०५३७३७ र ९८०२०७५२२२ मा फोन गर्न सकिने छ ।
हेर्नुस् बिज्ञापन

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी यस्तो छ

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ।

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।४. विदेश जानुअघि अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।५. विदेश जानुअघि आफु जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ।

६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ ।७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

 

Related Articles

Back to top button