समाचार

काठमाडौँ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बियो, किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द

कोरोना संक्रमण नियन्त्रणका लागी जारी निषेधाज्ञा थप कडाईका साथ एक साता लम्ब्याएको छ ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । किराना र डिपार्टमेन्ट स्टोर समेत खोल्न नपाइने गरी जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । तोकिएका मापदण्ड अपनाएर हरियो साग सब्जी पसल, फलफूल, दूध, मासु र ग्याँसको पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

सवारी साधन संचालनमा पनि थप कडाई गरिएको छ । मापदण्ड विपरित सवारी चलाए दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ सम्म जरिवाना लाग्ने छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रा अनुमति दिइने छ ।

यदि कसैले नियम उल्लङ्घन गरे जरिवाना र कैद सम्मको व्यवस्था रहेको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिदैछ । जेठ १४ गतेबाट थप कडाईका साथ निषेधाज्ञा जेठ २० गते सम्म लम्बिने छ ।

Related Articles

Back to top button