समाचार

मोरङ उर्लाबारीमा घट्यो रहस्यमय घटना, ८ बर्षीय बालकले गरे आ.त्मह.त्या (भिडियोसहित)

उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आ.त्मह.त्या गरेको घटना रहस्यमय बनेको छ ।

जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आ.त्मह.त्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले ह.त्या गरी झुण्डाएर मा.रेको आमा तुलसा
दियालीले आरोप लगाइन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मा.र्ने उद्योगमा जाहेरी दिएकी छिन् । बालक दियाली घर अगाडि सलको पासो लगाई आ.त्मह.त्या गरेको अवस्थामा श.व भेटिएको थियो । घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आ.त्मह.त्या गरेका थिए ।

आ.त्मह.त्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आ.त्मह.त्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म का.र्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेका छन् ।

Related Articles

Back to top button