समाचार

श्रीमतीद्वारा धा,रि,लो ह,ति,या,र प्र,हा,र गरी श्रीमानको ह,त्या श्रीमतीद्वारा धा,रि,लो ह,ति,या,र प्र,हा,र गरी श्रीमानको ह,त्या

धनुषा, वैशाख १८ गते । धनुषाको टिल्हीमा घरायसी विवादमा श्रीमतीले श्रीमानको ह, x त्या गरेकी छन् । हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमतीले धा, x रि, x लो ह, x ति, x या, x र प्र, x हा, x र गरी ह, x त्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

शुक्रबार मध्यराति भएको वि,वा,दमा मण्डललाई २३ वर्षीय श्रीमती सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुु, x ट, x पि, x ट गर्दै धा, x रि, x लो ह, x ति, x या, x र प्र, x हा, x र गरी ह, x त्या गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । मृ, x त, x क मण्डलको घाँ, x टी र शरीरको विभिन्न भागमा का, x टि, x ए, xको छ ।

कु, x ट, x पि, x टबाट मण्डलको मृ, x त्युपछि श्रीमती र भाइहरु फ, x रा, x र भएका छन् ।

घटनास्थलमा पुगेका प्रहरी ह, x त्याबारे अ, x नु, x स, x न्धा, x न गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि:

धादिङ गजुरीकी विष्णुमाया बसेल आफ्नो ७ महिने बच्चाको उपचारका लागि निषेधाज्ञा अघि काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चार्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् ।

घर जानका लागि कुनै गाडीमा लिफ्ट पाइने आशामा शुक्रबार उनी कलंकी चोकमा भाइ–बुहारीसहित पुगेकी थिइन् । उनका भाइ काठमाडौं बाहिर गइरहेको कुनै खाली गाडीमा लिफ्ट मिलाइदिन प्रहरीलाई आग्रह गरिरहेका थिए ।

एकैछिनमा प्रहरीले एउटा ट्रक रोकेर अगाडिको सिटमा उनीहरुलाई चढाइदियो । उनीहरु खुसी हुँदै घरतिर लागे ।

महोत्तरीका जहागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाबन्दीअघि उनी घर फर्कन पाएनन् । बागबजारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अनुरोध गरे । प्रहरीले महोत्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो ।

धादिङ खाल्टेका दिपेश बिडारी शुक्रबार घर फर्किन कलंकी चोक पुगेका थिए । अस्पतालबाट छोरीको स्वास्थ्य रिर्पोट नआएकाले पर्खनुपर्दा उनी लकडाउन अघि घर जान पाएनन् । उनले पनि प्रहरीलाई लिफ्ट मिलाइदिन आग्रह गरे । धादिङको गल्छीसम्म पुग्नका लागि प्रहरीले एउटा खाली ट्रकको अगाडि राखेर उनलाई पनि पठाइदियो ।

हेटौंडाकी सुन्तली तामाङ बैदेशिक रोजगारीका लागि काठमाडौं आएकी थिइन् । तर, म्यानपावर कम्पनीमा आएको समस्याका कारण उनी बिदेश जान पाइनन् । केही दिन एयरपोर्टको होटलमा बसेकी उनी घर फर्किन शुक्रबार कलंकी पुगिन् । प्रहरीले उनका लागि पनि गाडी खोज्न सहयोग ग¥यो ।

प्रहरीको फेरिँदो व्यवहार : पहिले गरम, अहिले नरम !

सार्वजनिक बसलगायतका सवारी साधन ठप्प भए पनि शुक्रबार कलंकी चोकमा मालबाहक ट्रक, भ्यानलगायतका सवारी साधन उल्लेख्य मात्रामा काठमाडौं भित्रिरहेका र बाहिरिरहेका थिए । घर जान भनेर बाहिर निस्किएका सर्वसाधारणले प्रहरीको सहयोगमा केही राहत महसुस गरिरहेका थिए ।

अघिल्लो बर्षको तुलनामा यो वर्ष कलंकी चोकको दृश्य फरक थियो । अघिल्लोपटक लकडाउनका बेला घर फर्कन लागेकाहरुप्रति कडा देखिने प्रहरी योपटक भने नरम देखिन्थे ।

शुक्रबार मात्रै ३०/४० जना भन्दा बढीलाई काठमाडौं बाहिर जाने खाली गाडीमा चढाएर पठाइदिएको एक प्रहरीले बताए ।

सर्वसाधारणहरु प्रहरीलाई आफ्नो गन्तब्य बताउँदै सोही स्थानतिर जाने मालबाहक ट्रक रोक्न लगाइरहेका थिए ।

एक प्रहरीले रातोपाटीसँग भने, ‘धेरै दुःख पाउने सर्वसाधारणले नै हो । घर जान भनेर यहाँसम्म आइपुगेकालाई हामीले फर्काएका छैनौँ । मिलेसम्म उनीहरु पुग्ने ठाँउतिर जाने ट्रकको अगाडिको भागमा चढाएर नै पठाइरहेका छौँ । यता हामीले रोक्दा उनीहरुले दुःख पाउँछन् भने किन रोक्ने भनेर हो । अहिले समय नै त्यस्तै छ ।

Related Articles

Back to top button