समाचार

मेलम्चीको पानी अब ४ दिनपछि काठमाडौं झर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पार्नुभएको छ ।

बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सवै तहको आफ्नै बिषेशता रहेको र केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताउनुभएको हो ।

त्यस्तै उहाँले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गर्नुभयो । उहाँले पालिकाहरु बीचमा राम्रा कामका लागि प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताउनुभयो । साथै अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने दावी समेत गर्नुभयो ।

Related Articles

Back to top button