समाचार

उपचार खर्च नभएर २१ वर्षकी आमा अस्पतालको बेडमा , छोराछोरीको बिचल्ली ! सहयोगको अपेक्षा

मानिसको शत्रु रोग समान अरु को हुन सक्छ र? रोगले सानू ठुलो बुढो तन्नेरी , गरिब कहाँ भन्छन् र? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै पाठेघरमा संक्रमण भएर पित्तथैली र मृगौला मा समेत असर पार्दै गएको हुनाले बिगत १ वर्षदेखि बिरामी सन्दु वाइबालाई हाल Teaching Hospital मा उपचार गराइरहेको छ।

अहिले औषधि किन्ने पनि पैसा नभएकाले सन्दु वाइवा लाई बचाऊनकोलागी हजुरहरुको सहयोग को ठुलो खाँचो छ।

विगत दुई साता देखी पाठेघर संक्रमण भई पित्तथैली र मृगौलामा समेत संक्रमण फैलिएर टिचिङ्ग अस्पतालमा भर्ना भई उपचरथ मकवानपुर जिल्ला, इन्द्रसारोबार गाउँपालिका वडा नं. ५ निवासी सुरेंद्र वाईबाकी २१ वर्षीय पत्नि सन्दु वाईबा को आर्थिक अवस्था एकदमै नाजुक रहेको छ।

गाउँबाट चन्द संकलन गरी उपचार गर्न काठमाण्डौ ल्याएकी उनलाई आत्यावश्यक औषधी किन्न समेत पैंसा नभएको उनका पति सुरेंद्र वाईबाले बताए।

तपाईंको सानो सहयोगले बिरामी सन्दुले नयाँजिवन पाउन सक्छ साथै उनकी १८ महिनाकी छोरी र ६ बर्से छोराको भविष्यकाे निम्ति भएनी सबैले आफ्नो तर्फबाट सक्दो मद्दत गरिदिनुहोला।

सबैले सक्दो सहयोग र यो पोस्ट लाई शेयर गरी उनका उपचारका लागि आर्थिक सहयोग जुटाइदिनुहोला भनी विनम्र अनुरोध गर्दछु। बिरामीलाई सहयोग को लागि मोबाइल नम्बर : 9803902313

 

Related Articles

Back to top button