समाचार

कोरियामा काम गर्ने नेपालीका लागि खुसीको खबर, कम्पनी परिवर्तन गर्न सहज हुँदै

काठमाडौ । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् ।

रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ ।

गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

Related Articles

Back to top button