यीनै हुन ब’ला’त्कृ’त महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छो’ड्ने वकिल…
सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो ।
रेज गार्डीले बीबीसीलाई भनिन्। म निश्चित कारणले कानुन पढ्न गएँ… म सकारात्मक परिवर्तन ल्याउने कुरामा कानुनको शक्ति चिन्न चाहन्थेँ,उनले भनिन्। जिहादी समूह इस्लामिक स्टेट आईएसले अप’हरण गरेका,बेच’बिखन गरेका र क’रणी गरेका महिलाहरूको न्यायको ल’डाइँमा उनी सहभागी भइन्।
मेरा अभिभावकहरू त्यो क्षेत्रबाट भागेर मलाई संसारको अर्को कुनामा पुर्याए। तर जहाँबाट यो सुरु भएको थियो म त्यहीँ पुगेँ। रेज सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी थिइन्। उनका बाबुआमा इराकका कुर्द समुदायका थिए। उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो।
जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन् र गत वर्ष हार्भार्ड कानुन विद्यालयबाट पढाइ पूरा गरिन्। म जन्मेको अवस्थाले मलाई समानता, न्याय र मानव अधिकारमा आकर्षित गर्यो, उनी भन्छिन्। “मैले ती कुरा भनेका के हुन् भनेर बुझ्नुभन्दा पहिले नै अन्याय र मानव अधिकारबाट वञ्जित गरेका घटनाहरू देखेँ।”
इराकमा कु’ख्यात अ’प’राध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो। आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गर्यो। आईएस जिहादीहरूका लागि त्यो समूदाय विधर्मी हो।
उनीहरूको आ क्रमणबाट बच्न हजारौँ त्र’सित गाउँलेहरू नजिकैको सिन्जार पहाडतर्फ भागे। सयौँले त्यहाँ आश्रय पाए भने थुप्रै प्रचण्ड गर्मीका कारण म’रे। समातिएका युवा र अधबैँसे उमेरका पुरुषहरू मा’रिए। लन्डन स्कूल अफ इकोनोमिक्सले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सो आ क्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मा’रिएका बताएको छ।
नियन्त्रणमा लिइएका महिला र किशोरीहरूका लागि नर्कको जीवन पर्खिरहेको थियो। “त्यस्ता महिलाको कथा सुनेर बसिरहँदा उनिहरूले त्यस्तो अवस्था भोग्नुपरेको सुनेर असह्य पी’डा हुन्छ र रि’स उठ्छ।” उनी प्रश्न गर्छिन्: “त्यो मलाई वा मेरो बहिनीलाई वा आमालाई हुन सक्थ्यो। किन कोही यस्तो अवस्थाबाट गुज्रनुपर्छ?” ती अ’प’राधहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्हो काम हो।
रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका माहिलाहरू खोजिरहेकी छन्। याजिदी महिलाहरूले कति चोटी उनीहरूको बे’चबिखन भयो र कहाँ राखियो सम्झन सक्छन्। उनीहरूले आफूले भोगेका क’रणी र बारेमा भन्न सक्छन्। उनीहरूले त्यस्तो अ’प’राध गर्ने आईएसका मान्छेहरू चिन्न सक्छन्, रेज भन्छिन्।
आईएस व्यवस्थित समूह थियो र रेजका अनुसार उनिहरूले याजिदी मानिसहरूलाई वि’नाश गर्न खोजेको स्पष्ट ढाँचा देखिन्छ। “उनीहरूले पुरुषबाट महिलालाई छुट्टाए र युवतीलाई वृद्धाबाट। यसको कारण अविवाहित युवतीहरूलाई यौ नदासीको रूपमा बे’च्दा धेरै पैसा आउँथ्यो। धेरै वृद्धवृद्धालाई भेटिएकै स्थानमा त्यही मा’रियो।”
उनी यस विषयमा धेरै अनुसन्धान हुने र त्यसबाट आईएसका ल डाकुहरूलाई अ पराधको आरोप लगाउन सकिने मान्छिन्। “यो गो’प्य र धेरै सं’वेदन’शील छ। म बोल्न सक्ने महिलाबाट मात्रै बयान टिप्छु। अझै पनि कतिपय महिला यो विषयमा बोल्न नसक्ने अवस्थामा छन्।” उनले भ्रमणका क्रममा पत्ता लगाएकी छन् कि आईएसका लडाकु मात्रै अपराधी छैनन्। “मोसुल क्षेत्रमा धनी र शक्तिशाली अरबीहरूले महिला किनेका छन्।”