समाचार

सरकार संगको सहमतिमा ५ मिनेट मा रेशम चौधरी रिहा (हेर्नुहोस् लाईभ भिडियो)

काठमाडौंः नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो।

जसपा सांसद रेशम चौधरीलाई रिहाइको शर्तमा सत्ता सहकार्यको कार्यदल गठन गरिएको स्रोतले बतायो। कैलालीको टिकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका चौधरी अहिले जेलमा छन्।

तर, जसपाले कार्यदल निर्माण गरिसक्दासमेत संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी नभएको बुझिएको छ।

यो समूह प्रधानमन्त्री ओलीसँग रुष्ट छ। कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन्। सत्ता सहकार्यको बारेमा गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्।

 

Related Articles

Back to top button