विनयजंग लाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने
फागुन, काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अ श्लिल फोटो सार्वजनिक गरिदिन्छु भनेर ध म्क्याउ ने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनुसन्धान सकेर विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा सजाय मागदाबी गर्दै प्रतिवेदन बुझाइएको बताए ।
प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्तर्गत सजायको मागदाबी गरेको एसपी बस्नेतले बताए।
बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजायको मागदाबी र अ भद्र व्य वहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको एसपी बस्नेतले बताए।
प्रहरीले सुरूमा बस्नेतमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज लाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।
बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिशे शव ज लाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।