समाचार

टिकटकमा आधा केटा आधा केटी बनेर चर्चामा आएका आदित्य लामा मिडियामा, भन्छन् ‘मलाई केटा भन्दा केटी हुन मन पर्छ

यतिबेला टिकटक यस्तो ठाउँ बनेको छ, जहाँबाट आफ्नो प्रतिभाहरु देखाउन युवा जमातलाई निकै सजिलो भएको छ । आफ्नो कला देखाएर फ्यान कमाउने मात्रै हैन, चर्चामा आई नाम र दाम कमाउने समेत भैसक्यो, टिकटक स्थल । यतिबेला धेरै नेपाली युवती मोडलहरु टिकटकबाटै प्रवेश गरी साँगीतिक क्षेत्रमा निकै व्यस्त छन् र धेरै कलाकारहरु बनिसकेका छन् ।

यसैबिच टिकटकमा दोहोरो चरित्र देखाउँदै भिडियो बनाएर पर्साका आदित्य लामा चर्चामा छन् । आदित्य टिकटकमा आधा केटा र आधा केटीको रुपमा प्रस्तुत हुन्छन् । उनी आफ्नो मुखमा आधा आधा मेकअप गरेर केटा केटी बन्छन् । ९ महिनाअघि उनले टिकटक खोलेका हुन् र हालसम्म उनको एक लाख असी हजार भन्दा माथि फलोअर्स भैसकेका छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा आदित्यले आफ्नो वास्तविकता खोले । भिडियो हेर्नुस

Related Articles

Back to top button