समाचार

‘देउवा सात चोटी प्रधानमन्त्री बन्ने’ भविश्यवाणी गर्ने यी हुन् ज्योतिष, यस्तो सन्देश लिएर फेरी पुगे देउवा निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सात चोटी प्रधानमन्त्री बन्ने भविश्यवाणी गरेका ज्योतिषले फेरी देउवालाई भेट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध उनकै पार्टी लागेपछि राजनीति वृत्त फेरि देउवातिर फर्केको छ ।

सात चोटी देउवा प्रधानमन्त्री हुने बताउँदै आएका ज्योतिष तथा वास्तुविद सुरेश चन्द्र रिजालले पुनः देउवाको पालो आएको बताएका छन् । क्यानडा नेपालसंग कुरा गर्दै गत साता देउवालाई भेटेपछि उनले भने,’अब प्रधानमन्त्री बन्ने पालो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकै हो ।’

२०७४ साल मंसिरमा रिजाल यस्तो भविष्यबाणी गरेका थिए । ज्योतिषको कुरा पत्याएर गत आम निर्वाचनमा आफूले बहुमत पाउनेमा देउवा ढुक्क थिए । तर जनमत कम्युनिष्टतिर गएपछि देउवा चुप लागेका थिए ।

तीन बर्ष अघि नै ज्योतिषीले पुनः प्रधानमन्त्री बन्ने योग रहेको भनेर भविष्यबाणी गरेका थिए । यो कुरा यतिबेला सत्य साबित हुन लागेको छ । अहिले देउवाले राजनैतिक भेटघाटलाई तिब्र पारेका छन् । जनमानसमा भने यी ज्योतिष को होलान् भनेर चासो रहेको छ ।

हाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव समेत रहेका सुरेश चन्द्र रिजालले नेता देउवाको ग्रह राशि तथा नक्षत्र केलाएर भविष्यबाणी गरेका थिए । २०७४ मा भविष्यबाणी गर्दा उनले निक्कै आलोचना खेप्नु परेको थियो ।

नेपालको पछिल्लो राजनीति देउवाको वरिपरि घुमेकाले पुनः देउवा प्रधानमन्त्री बन्ने लक्षण देखिएपछि भविष्यबाणी गर्ने ज्योतिषीको चर्चा चुलिएको हो । यतिबेला उनीसँग भविश्य हेराउन अरु पनि इच्छुक देखिएको ज्योतिष रिजालले बताएका छन् ।

 

Related Articles

Back to top button