समाचार

आफ्नै ,,जिल्लामा लखेटिए विष्णु मन्त्री, ढुंगा भेटे !

बुटवल : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । स्थानीयको बिरोधका बीच अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् ।आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । उनीहरुले नारावाजी समेत गरे । मन्त्री लक्षित ढुंगा प्रहार समेत गरे । विरोध भइरहदा सुरक्षा घेरामा मन्त्रीद्वयले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं, २१ फागुन । सरकारले प्रतिबन्ध हटाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक रुपमा देखा परेका छन् । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेका हुन् ।

सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लव पहिलोपटक सार्वजनिक रुपमा देखा परेका हुन् । नवलपरासीमा शहीद परिवार भेटघाट गरि उनी आज काठमाडौं आउँदै छन् ।

विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान गरिसकेका छन् । उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।

काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा कार्यक्रममा सहभागी हुने छन् ।

Related Articles

Back to top button