समाचार

सरकारमा जाने भन्दा पनि प्रधानमन्त्री ओलीलाई कसरी हटाउने भन्नेमा सोचौँ : पूर्वमन्त्री गगन थापा

मलंगवा, २० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस अब सरकारमा जाने नजाने भन्दा पनि सरकारबाट केपी ओलीलाई कसरी हटाउने भन्नेमा अग्रसर हुनुपर्ने तर्क गर्नुभयो ।
त्यसका लागि नेपाली कांग्रेस आफैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ, उहाँले भन्नुभयो । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले अर्काले ल्याएको अविश्वासको प्रस्तावमा मद्धत गर्ने नभई काँग्रेस आफैले प्रस्ताव दर्ता गर्नुपर्ने बताउनुभएको हो ।
काँग्रेस नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्धत पुगिरहेको आरोप समेत लगाउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button