समाचार
भोलि सार्वजनिक बिदा
काठमाडौं । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको छ ।
माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
यो बिदा थारु जातीका लागि मात्रै नभइ अरु जातीले पनि मनाउने भएका कारण जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको बताउनुभयो ।