समाचार

डोटीमा मृ’त भेटिएका शिक्षकको पहिचान खुल्यो, परिवारले यस्तो गर्यो आशंका

डोटीमा मृ त फेला परेका शिक्षकको पहिचान खुलेको छ । उनको जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल भेटिएको थियो ।

ती ब्यक्ति सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभुत विद्यालयका शिक्षक भट्टराईको शव फेला परेको हो ।

घटनास्थल नि य न्त्र ण मा लिएर अनुसन्धान थालिएको बताइएको छ । प्रहरी नायब उपरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा छुट्टै टोली परिचालन गरिएको जानकारी समेत दिएका छन् ।

शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको ह त्या गरिएको हुनसक्ने आशंका गरेका छन् । उनले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन् ।

 

Related Articles

Back to top button