समाचार

पहिले प्रचण्डलाई जुत्ता हाने, अहिले आफ्नै पार्टी खोले – चिन्नुहोस् यी युवकलाई

ती युवा गत बर्ष नै चर्चामा थिए । उनी कुनै राम्रो काम गरेर भने चर्चामा आएका थिएनन् । उनले नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हानेर चर्चामा आएका थिए ।

गत वर्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्वजनिक कार्यक्रममा जुत्ता प्र हार गरेर चर्चामा आएका तिनै रतन तिरुवाले नेपाल श्रमिक पार्टी खोलेका छन् । अघिल्लो वर्ष आजैका दिन जुत्ता प्र हा र गरेका तिरुवाले त्यहि मिति जुराएर नयाँ पार्टी दर्ता गरेका हुन् ।

बुधबार पार्टी दर्ताको जानकारी गराउँदै वितरित प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक,सामाजिक र राजनीतिक संकट समाधानको लागि श्रमिक पार्टीको स्थापना भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली श्रमजीवी वर्गका जनताको हक,हित र अधिकार सुनिश्चित गर्न नयाँ पार्टी दर्ता गरिएको हो ।’

माक्सवाद, लेनिनवादी विचारधारालाई देशको वस्तुगत परिस्थिति अनुसार अघि बढ्ने प्रतिवद्वताको साथ नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी स्थापना भएको नवगठित पार्टीका अध्यक्ष रतन तिरुवाले जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तिरुवाले वर्तमान संकटलाई निकास दिनको लागि बहुसंख्यक श्रमिकहरुले एकपटक फेरी संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘वर्तमान संकटलाई निकास दिनको लागि नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।’

Related Articles

Back to top button