समाचार

श्वेता र धुर्मुस सुन्तलीको आलोचना भएपछि नायीका एलिजा भावुक हुँदै भन्छिन्, ‘म मागेर होइन कमाएर समाजसेवा गर्छु’ (भिडियो हेर्नुस्)

काठमाडौं । मागेर समाजसेवा हुँदैन समाज सेवा गर्नेले आफैले कमाएको सम्पत्तीवाट गर्नुपर्छ भन्ने भनाई सार्वजनिक भएकै बेला नायिका एलिजा गौतमले कमाएरै समाजसेवा गर्ने घोषणा गरेकी छन् ।

माझी बस्ती र क्रिकेट रंगशाला निर्माणमा भूमिका खेलेका नायीका श्वेता खड्का र धुर्मुस सुन्तलीको बारेमा यस्ता टिप्पणी आएको बेलामा एलिजाले आफै कमाएर समाजसेवा गर्ने घोषणा गरेकी हुन् ।

आन्दोलनरत नेकपाकी नेता राम कुमारी झाँक्रिले मागेर गरिने समाजसेवालाई समाजसेवा मान्न नसकिने भन्दै समाजसेवाको परिभाषा परिवर्तन हुनुपर्ने बताएकी थिइन् ।

उनकै भनाईमा समर्थन जनाउँदै एलीजाले समाज सेवा जस्तो कुरा अरुबाट सहयोग मागेर गर्न नसकिने बताउँदै आफुले आजसम्म गर्दै आएका सबै सहयोगहरुमा आफ्नै व्यक्तिगत पैसा खर्च गरेको पनि बताएकी छन् ।

एक अन्तरवार्तामा नायिका एलिजाले सकै समाज सेवा गर्ने हो तर नसके अरुले कामएको पैसा मागेर समाज सेवा गर्नुको कुनै औचित्य नभएको बताएकी छन् ।

नायिका गौतमले यो अभिव्यक्ति नायिका स्वेता खड्काले निमार्ण गर्न थालेको माझि बस्तिको वास्तविकता बाहीरिएपछि दिएकी हुन् । उनले समाजका गर्नकोलागी अरुबाट माग्ने रकम पनि हाम्रै दाजुभाई दिदीबहीनीहरुले विदेशमा खु न पसिना बगाएर कमाएको पैसा भएको हुनाले त्यसरी अरुबाट पैसा मागेर सामज सेवा नगर्न सुझाव दिएकी छन् ।

एलिजाले भनकी छन्,‘समाज सेवाकैलागी विदेश आउने पैसा पनि हाम्रै नेपाली दाजुभाईहरुले विदेशमा मेहेनत गरेर कमाएको पैसा हो । उहाँहरुको त्यो व्यक्तिगत रकम चलाएर समाज सेवा गरेको हुनै सक्दैन । यस्तो समाजसेवा कसैले पनि नगर्दा नै राम्रो हुन्छ ।’

नायिका एलिजाले स्वेता खड्काले आफ्नो दोश्रो बिहेमा गरेको खर्चलाई जोगाएर माझि बस्ति बनाएको भए राम्रो हुने भन्दै स्वेतालाई सुझाव समेत दिएकी छन् ।

उक्त अन्तरवार्तामा एलिजाले बालिका क र णी को विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महिला र बालबालिकाको हकमा संवेदनशील भएर काम गर्न सुझाव दिएकी छन् । उनले भनेकी छन्,‘उहाँ त राष्ट्रपती हो ।

पावर छ उहाँसंग तरपनि प्रत्येक दिन महिला तथा बालिकाहरु ब ला त्का र भईरहंदा उहाँलाई यसरी चुप लागेर बस्न सुहाउँदैन । यो विषयमा उहाँ संवेदनशील नै हुनु पर्छ ।’

Related Articles

Back to top button