संसद पुनःस्थापना भए के आकाश खस्छ ? पृथ्वी भासिन्छ ? : ऊर्जामन्त्री टोपबहादुर
नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् ।मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुनःस्थापना भएपनि आकाश भने नखस्ने बताए ।
‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ ? पृथ्वी भासिन्छ ?’, रायमाझीको प्रश्न छ । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपनि माधव–प्रचण्डमात्रै नभइ सांसद टोपबहादुर र महेश बस्नेत पनि सांसद हुने बताए । उनले यदि प्रतिनिधि सभा पुनःस्थापना नै भएपनि फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने दावी समेत गरे ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।