समाचार

दाइको न्याएको लागि अहिले सामाजिक संजालमा खुलेरै लाग्ने यी हुन् श्री एअरलाइन्सकी पाइलट दुर्गा

पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ ।

मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँसिएको जानकारी पाएलगत्तै आफन्त तथा स्थानीय छिमेकीले उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि आइतबार र सोमबार प्रदर्शन गरे ।

श ङ्कास्पद मृत्यु भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि परिवारसहित स्थानीय आन्दोलित भएका हुन् ।

सोमबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि पीडितको विपक्षमा अभिव्यक्ति दिएपछि स्थानीयले आलोचना गरेका छन् । नगर प्रमुख फागोले पी डितको विपक्षमा उ त्तेजक अ भिव्यक्ति दिएपछि स्थानीय आ क्रोसित बनेका थिए । प्रवीण गत पुस ५ गते मृत फेला परेका थिए ।

मृत्यु हुँदाको समयमा उनीसँगै रहेका संदिग्ध व्यक्तिहरूलाई प्रहरीले अनुसन्धान नगरी छाडेको आरोप लाग्दै आएको छ । यता प्रहरीले पनि फोटो भूलवश परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले गल्ती स्वीकार गरे ।

व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी डित परिवार र स्थानीयवासीले जिज्ञासा राख्दा प्रहरीले ला परबाही गरेको पाइएको थियो । मिसिलमा समावेश गरिएको मृतकको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध ना’राबा’जीस’मेत गरेका थिए । मृतक फेला पर्दा उनको ग ला’मा सि’क्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्बिर घटना मु’चुल्का’मा सं’लग्न गरेको पाएपछि स्थानीय आ क्रोसित बनेका हुन् ।

परिवारका अनुसार सुरुमा प्रहरीले दो षी प त्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आ’रो’पित सबैलाई छोडिदिएको छ । मृतकका बुबा प्रेमप्रसादले यो घटना क र्तव्य ज्या न हो भनेर दा’बी गर्ने आधार प्रस्तुत गर्दै भने, ‘पुस ४ गते घरबाट निस्किएको छोरा ५ गते ११ बजेतिर अ’ज्ञा’त नम्बरबाट फोन गरेर म’ ¥यो भनेर खबर आयो, यसबाट हामीले के बुझ्ने ?’ उनले प्रहरीले पनि आफूहरूलाई पटकैपिच्छे फरक–फरक जानकारी तथा सूचना दिँदै आएकाले पनि प्रहरीमाथि श ङ्का रहेको बताए । छोरा म¥ यो भन्ने थाहा पाए पनि परिवारले उनको शव चाहिँ उर्लाबारीको गोदावरी अस्पतालमा भेटेका थिए ।

‘त्यहाँसम्म प्रवीणलाई कसले ल्यायो भन्नेसम्म हामीलाई थाहा छैन’ –प्रेमप्रसादले भने । घटनामा जोडिएका पी डक भनिएकाहरू छाडिएपछि मृतक परिवारले सामाजिक सञ्जालमा प्रहरीप्रति आ क्रोस पोखेको थियो । यद्यपि परिवारले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘प्रवीणको मृत्यु भएको ३४ घण्टापछि मात्र एम्बुलेन्समा राखेर अस्पताल पु¥याएको हो ।

Related Articles

Back to top button