समाचार

हिमानीसंग पारस रमाएको तस्बिर सार्वजनिक भएपछि सोनिकालाई आयो यस्तो प्रश्न, सोनिकाले फर्काइन् जवाफ (भिडियो हेर्नुस्)

काठमाडौ । पूर्वयुवराज पारस शाहलाई आफ्नो परिवारको साथमा भएको तस्बिर सार्वजनिक भएपछि त्यसको अहिले निकै चर्चा भएको छ । धेरैले त्यसलाई सकारात्मक रुपमा लिएका छन् । परिवारसंग लामो समय टाढा रहेका पारस पुर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा झापाको एक होटलमा राजपरिवार सँगै देखिएका हुन् ।

उनी आमालाई जन्मदिनको शुभकामना दिन झापा पुगेका थिए । थाइल्याण्डवाट नेपाल आएपछि पनि एक्लै बस्दै आएका पारस धेरै समय पोखरामा विताउँछन् । उनको ब्यक्तिगत स्वभावका कारण परिवारवाट टढा भएको बताइएको छ । हिमानीसंगको सम्बन्धमा विगत एक दशक देखि नै विग्रिएको बताइएको छ । थाइल्याण्डमा रहँदा कनिकासंग नजिकिएका कारण उनी परिवारवाट टाढिएका थिए ।

नेपालमा आएपछि पनि उनी युट्युवर तथा मोडर सोनिका रोकायासंग नजिकिएका थिए । सोनिकाले सार्वजनिक रुपमै आफुले पारसलाई विवाहको प्रस्ताव राखेको र पारसले अस्विकार गरेको बताएकी थिइन् । युट्युवमा दोहोरो अर्थ आउने शब्द प्रयोग गरेर कार्यक्रम बनाउने सोनिका चर्चित थिइन् । तर त्यस्ता कार्यक्रमले विवादित बनेपछि भने उनले अब आफु सुध्रिएको र त्यस्तो काम नगर्ने बताउने गरेकी थिइन् ।

त्यसका लागि पारसले आफुलाई प्रेरित गरेको पनि उनको भनाई थियो । राम्रो वाटोमा लाग्न आफुलाई पारसले प्रेरित गरेको उनको भनाई थियो । त्यसपछि उनीहरु धेरैजसो संगसंगै देखिन्थे । तर, उनीहरु अहिले अलग भइसकेका छन् । कोमलको जन्मदिनमा पारसलाई उनको परिवारसंग भएको तस्बिर सार्वजनिक भएपछि सोनिकाले पनि प्रतिकृया दिएकी छन् ।

पारश हिमानीको सम्बन्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकी हुन् । समाजिक संजालमा पूर्वराजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हालेकि छिन् ।

 

Related Articles

Back to top button