मनोरंजन

गायिका इन्दिरा जोशीका हुनेवाला श्रीमान को हुन् ? पहिलो चोटी प्रेमीको हात समाएको तस्वीर राख्दै यस्तो लेखिन् …

काठमाण्डौ । नेपाली सांगीतिक बजारमा गायिका इन्दिरा जोशीको चर्चा राम्रै छ । पछिल्ला केहि वर्ष यता गायन रियालिटी शो ‘नेपाल आइडल’को निर्णायक बनेपछि उनका चर्चा झनै चुलिएको छ । उनी सरहका अन्य कलाकारको विहे र प्रेमको चर्चा चल्दा उनलाई पनि प्रेम र विहेका बारेमा प्रश्न गरिन्थ्यो । उनी आफू प्रेममा नरहेको बताउँथिन् । तर, गायिका जोशी २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित आफू दुई वर्षदेखि प्रेममा रहेको जानकारी दिएकी छिन्।

प्रेमीको हात समाएको तस्वीर राख्दै उनले लेखेकी छिन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ वर्षदेखि एकसाथ छौं र अझै कैयौं वर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौँ ।’ आफू प्रेममा रहेको बताएपनि उनले कोसँग भन्ने बारेमा भने केहि जानकारी दिएकी छैनन् । इन्दिरा उनको गायकी र वाक कलाका कारण पनि धेरैको मन मस्तिस्कमा बस्न सफल भएकी छन् । गायिका इन्दिरा जोशी भन्ने वित्तिकै दर्शकले चुलबुले, स्टेज क्विनको रुपमा चिन्छन् । केही दर्शकले त उनलाई हट गायिका पनि भन्छन् ।इन्दिराले भनिन्–‘मसँग काम नहोला कि, मसँग पैसा नहोला कि ।

भाइरल गीत गाइन भने म हराउँछु कि । मान्छेले मलाई अस्विकार गर्लान् कि भन्ने सोच मलाई कहिल्यै पनि आउँदैन । स्टेजमा चल्ने गीत नगाउँदा कार्यक्रमको अफर नआउला कि भन्ने पिर पनि मलाई लाग्दैनँ। इन्दिराले आफूले जे काम गर्दा पनि रमाइलो मानेर गर्ने बताइन् ।उनले भनिन्–‘म यो क्षेत्रमा आएको नै आउन मन लागेर हो, गाएको नै गाउन मन लागेर हो । पिर मलाई कहिले पनि छैन । कसैले विस्थापित गर्ला कि, म हराउँछु कि भन्ने कुराले म डराउँदिन ।’ इन्दिराले आफूले जे काम गर्दा पनि शतप्रतिशत दिने बताइन् । यदि, गीतसंगीत भएन भने अरु केही काम गर्ने र त्यसमै रमाउने इन्दिराको तर्क छ ।

Related Articles

Back to top button