समाचार

क्याप्टेनसहित २३ जना सवार नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते

काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन ।उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो । गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

टाउको दुःखाईको समस्या छ ? घरेलु खानपानबाटै यसरी हुन सक्छ बिसेक

काठमाडौँ- आजकल टाउको दुख्ने समस्या आम समस्या बनेको छ । गर्मी, कामको चाप, चिन्ता तथा अन्य कारणले पनि टाउको दुख्ने गर्दछ ।

सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तसर्थ टाउको दुखाईबाट बच्न घरेलु उपाय अपनाउनु राम्रो हुन्छ ।

१. अदुवाको चिया
अत्यन्त धेरै टाउको दुख्यो भने अदुवा हालेको चिया पिउनु लाभदायक हुन्छ । अदुवामा हुने एन्टी–इन्फ्लेमेटरी तत्वले दुखाई लाई कम गराउँन भुमिका निर्वाह गर्दछ ।

२. कफि
टाउको दुख्ने समस्याबाट राहत पाउन कफिको सेवन पनि उपयोगी हुन्छ । कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । यसले पेन किलरको काम गर्छ ।

३. मसाज
पटकपटक टाउको दुख्ने समस्या छ भने टाउकोलाई तेलले मसाज गर्नु पर्दछ । मसाज गर्दा कपालको जरासम्म तेल लगाएर हल्का पटक पटक टाउको दुख्ने समस्याबाट लाभ मिल्दछ ।

४. गाईको दूध
यदि औषधी सेवनले समेत टाउको दुखाई नियन्त्रण भइरहेको छैन भने नियमित गाईको दूध पिउनुहोस् । मन तातो दूध पिउँदा टाउको दुख्ने समस्या विस्तारै कम हुँदै जान्छ ।

५. पानी
साधारण टाउको दुखाईबाट राहत पाउन एक गिलास पानी पनि उपयोगी हुन्छ । अझ मनतातो पानीमा कागतीको रस हालेर पिएमा टाउको दुखाई बिस्तारै कम हुँदै जान्छ ।

६. चिनी र धनियाँ
रुघाखोकी वा ज्वरोका कारण टाउको दुखेको खण्डमा चिनी र धनियाँको पाउडर मिसाएर बनाएको एक गिलास पानीको घोल पिउँदा तत्काल आराम मिल्दछ ।-एजेन्सीको सहयोगमा ।

Related Articles

Back to top button