समाचार

म माथि बिनयले जे गरे त्यो एकदिन सबै कुरा छरपस्ट हुन्छ :सपना

काठमाण्डौ माघ २६

सपना रोका मगरका बारेमा सायदै कसैलाई थाहा नभएको होस् । उनी वेवारिसे शव ब्यवस्थापनको कामवाट अहिले विश्वमाझ परिचित भएकी छन् ।

उनलाई बीबीसीले विश्वकै १०० शक्तिशाली महिलाको रुपमा छनोट गरेपछि उनी विश्व चर्चित भएकी हुन् । उनी शव ब्यवस्थापनको काममा सकृय विनयजंग बस्नेतसंग मिलेर सो काममा लागेकी थिइन् । उनी विनयजंगको संस्थामा लागेर यो काम सुरु गरेको केही महिनामै विश्वव्यापी भइन् ।

तर जव बीबीसीले उनलाई शक्तिशाली महिलाका रुपमा छनौट गरेको थियो त्यती बेला विनयजंग र सपनाको सम्बन्ध विग्रिसकेको थियो । उनी विजयजंगको संस्था छोडेर घरमा बसेको बेलामा बीबीसीमा उनको नाम सार्वजनिक भएको थियो ।

त्यसपछि उनी चर्चित भइन् । उनको नामवाट विजयजंगको पनि नाम चर्चामा आयो । त्यसपछि विनयजंगले सपनालाई आफ्नो छोरी हो र मेरो निधन पछि सपनाले ले आफ्नो शव ब्यवस्थापन गरोस् भन्ने चाहेको बताएका थिए । उनले सार्वजनिक रुपमा सपनाको खुट्टा नै ढोगेका थिए ।

तर अहिले सपना र विजयजंगका बारेमा धेरै नराम्रा कुराको चर्चा चलेको छ । सपनालाई विनयजंगले सार्वजनिक रुपमा छोरी मानेपनि उनको नियत नराम्रो रहेको कुरा सार्वजनिक भएको छ । उनले सपनालाई रातीमा आफ्नो शरिरमा तेल मालिस गर्न लगाउने, नमान्दा या त ना दिने र कु ट् ने समेत गरेको खुलेको छ ।

सपनाको बुवा आमालाई कि मेरो लागी एउटा श्रीमती खोजी दिनु नत्र सपनालाई बस्नेत बनाउँछु भनेर भन्ने गरेको पनि सपनाको वास्तविक बुवा आमाले सार्वजनिक गरेका छन् ।

यति धेरै कुरा सार्वजनिक भएपछि सपनाले पनि आफ्नो कुरा सार्वजनिक गरेकी छन् । उनले सत्य कहिल्यै नलुक्ने र कुनै न कूनै दिन सत्य बाहिर आउने बताएकी छन् । उनले आफ्ना बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छन् । उनले मिडियामा आफ्नो ब्यक्तिगत कुरा र विगत छरपष्ट पारिएको भन्दै चित्त दुखाएकी छन् ।

के लगाए सपनाका आमाबाबुले बिनयलाइ आरोप ?

‘मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको ।

तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।

विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो ।

यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो ।

के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ । एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

Related Articles

Back to top button