समाचार
सुध्रिएनन् प्रचण्ड, देखाइ छाडे पुरानै हर्कत !
ललितपुर । ‘अराजक’ नेता कार्यकर्तालाई उचाल्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा उत्रिएका छन् ।
बिहीबार बिहान ललितपुरको सातदोबाटो चोकमा आएर दाहालले कार्यकर्ताहरू उस्काएका हुन् । दाहाल–नेपाल समूहको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
दाहाल–नेपाल समूहका अराजक कार्यकर्ताहरूले सडकमा उत्रिएर गाडी जलाउने, एम्बुलेन्स फोड्न, तरकारी फाल्ने लगायतका हर्कत गरिरहेका बेला प्रचण्ड सडकमा आएर कार्यकर्ता उचालेका हुन् ।
कार्यकर्ताहरूलाई उचालेर दाहालले सरकारविरुद्ध चर्का नारावाजी पनि लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । दाहाल सातदोबाटो हुँदै लगनखेल पुगेका थिए ।
दाहाललाई सातदोबाटोका कार्यकर्तालाई उचालेर कमाण्डिङ गरेका देव गुरुङले साथ दिएका थिए ।