नेपालले म्यानमारमा भएको सैनिक ‘कु’ लाई लिएर आफ्नो धारणा सार्वजनिक गर्यो
काठमाडौं । नेपालले म्यानमारमा सोमबार भएको सैनिक ‘कु’ लाई लिएर आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जानकारी दिएको छ । सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीलगायतको गिरफ्तारीमा चासो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तुरुन्त रिहाईको आह्वान समेत गरेको छ ।
यो पनि -भाइरल सचिन परियार र बिमल अधिकारिको बिबादपछिको पहिलो गीत आयो! एक घण्टामै भाइरल
पछिल्लो समय सबैको मन मुटुमा बसेका भाइरल बाल कलाकार हुन् सचिन परियार।उनि यो समय सामाजिक संजाल देखि चौतर्फी चर्चामा छन सोहि कारण पनि हुन सक्छ यो बेला उनको नया गीत बजारमा आएको छ।बिमल अधिकारी संग बिबाद पछि फेरी अर्को नया गीतमा सचिन परियारले अभिनय गरेका छन।कतिपय कमेन्टमा बिमल अधिकारीलाई देखाउन भए पनि भिडियो हेर्छौ भन्दै दर्शकले सुझाब दिएका छन।
गीतमा चर्चित गायक अमृत सापकोटाको श्रीमती सुनिता बागदास सापकोटा र रोम श्रेष्ठले आवाज दिएका छन भने राजु केसीको शब्द र कृष्ण केसीको लय रहेको गीत भित्र बाल कलाकार रबिना बसेल,सचिन परियार,धुर्ब हिमाली टिका सानु,सरस्वति फुयाल र लोमस शर्माले अभिनय गरेका छन। गीतको छायांकन भने महेश मोहोरा रहेका छन।मौसम हिमालीले निर्देशन गरेको गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन।हेरौ भिडियो :