समाचार

यसरी हुदै छ नारायणहिटी दरबारको अघिबाट हिन्दू राष्ट्र घोषणा, यस्तो छ तयारी

काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा आयोजना गरिएको आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले जानकारी दिनुभएको हो ।

पोखरेलका अनुसार भृकुटीमण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त सभा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ ।

सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाबाट मानिस ल्याइनेछ । प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले सभाका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ ।

माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थान विभिन्न नेताको नेतृत्वमा जुलुस आउने पनि जनाइएको छ । माघ २१ गते भने काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍याली गरिने पनि नेकपा ओली समूहले जनाएको छ ।

उता, नेकपा दाहाल समूहका नेताहरूले भने ओलीले हिन्दूवादी र राजावादीहरूसँग मिलेर नारायणहिटी अगाडि सभा गर्न लागेको आ’रोप लगाएका छन् ।

आइतबार माइतीघरमा आयोजित कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले ओली कम्युनिष्ट नरहेको आ’रोप लगाउँदै भने, अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन् । नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन् ।

यी छ नेताको यस्तो छ तयारी

देशमा राजनीतिक ध्रुवीकरण तिव्र हुँदा प्रमुख तीन दलका नेताहरुको फरक समूहको बैठक बसेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(माधव समूह, नेपाली काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलावा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह एक साथ बसेर भित्र भित्र तयारी गरेका हुन् ।

प्रचण्ड र माधव नेपालले पौडेल, सिटौला, यादव र भट्टराईसँग विभिन्न समयमा भेटिसकेका छन् । सबै नेताहरु प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । हिजो पनि यो समूहका नेताहरुको बैठक बसेको छ ।

उनीहरु प्रतिनिधि सभा पुनःस्थापनामा केन्द्रित हुने गरी रणनीति बनाउन लागिपरेका हुन् । सर्वोच्च अदालतले पुनःस्थापनाको विपक्षमा फैसला सुनाएमा के गर्ने भन्नेबारे समेत यी नेताहरुको तयारी देखिएको छ ।

भरसक अदालतमाथि द’बाब सृजना गर्ने र नभए सडक आन्दोलनमा जानेगरी तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल, सिटौला, यादव र भट्टराईले प्रचण्ड र नेपालसँग चुनावमा नजाने र विकल्पमा आन्दोलनमा केन्द्रित हुनेसम्मको छलफल गरिसकेका छन् ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष चुनावमा केन्द्रित हुन जोडबल गरिरहेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । जनता समाजवादी पार्टीभित्र पनि महन्थ ठाकुर पक्षधर प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् ।

दलहरुभित्रै संसद पुनःस्थापना कि नयाँ चुनाव भन्नेबारे वि’वाद भइरहँदा एजेन्डा समान हुनेहरुबीच बाक्लो भेटघाट र संयुक्त रणनीतिको तयारी भएको छ ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा वि’घटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि दलहरुभित्रै नयाँ ध्रवीकरण बनेको हो । नेकपा विभाजन नै भएको छ । काँग्रेसभित्र संसद पुनःस्थापना कि चुनाव भन्नेमा वि’वाद छ । यस्तै वि’वाद जनता समाजवादी पार्टीभित्र पनि छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

Related Articles

Back to top button