माघ २० गते । मंगलबारको राशिफल हेर्नुहोस
वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी,२८ घडी २७ पला,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,४४ घडी २३ पला,रातको १२ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा,०५ घडी ३२ पला,बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त धृति । करण–कौलव,बिहान ०७ बजेर १७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी ०९ पला । विश्व शिमसार दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
०००
साप्ताहिक राशिफल : माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आन्तरिक यात्राको तय हँनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । आर्थिक कारोबार बिग्रने हुदा काममा असजिलो महशुष हुनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउनेहरु सक्रिय रहनेछन् । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि केहि मात्रामा लाभ लिन सकिनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा सफलता प्राप्त गर्न अलि बढिनै संघर्ष गर्नुपर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । आईतबार तथा शनिबारको समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्न सक्छ । कामहरु बिग्रने तथा समयमा गर्न नसकिने हुदा मान सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)
समय राम्रो रहेकोले बैदेशिक क्षेत्रमा समय खर्चिने हरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुनालेसमाज परिवर्तन गर्न जोस जागर बढेर आउँनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई मन मुटुमा राख्न सकिने तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
कर्कट (ही,हू ,हे,हो,डा,डी,डु,डे,डो)
बुधबार सम्मको समय मध्ययम रहेकोले साना तिना कामका अल्झनु पर्दा पढाई लेखाईमा समय दिन सकिने छैन । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा खानपानमा बिशेष ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन प्रशस्त समय खर्चनु पर्नेछ । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउमा बल तथा बुद्धि प्रयोग हुनेछ । बिहिबार बिहानदेखि समय तपाईकै पक्षमा आउँने हुनालेमान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको बन्धन कसिलो भएर जाने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
हप्ताको पहिलो दिन आईतबार कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । सोमबारदेखि समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण नरहेकोले पर्ख र हेरको रणनिति अपनाउँनु नै ठिक हुनेछ । काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । पढाई लेखाईमा मन नजादा यो हप्ता अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिवाद सिर्जना हुनेछ । बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा उपचार खर्च बढेर जानेछ । सामाजिक काममा मन जानभएपनि जनताको समर्थन नपाउँदा कामहरु अथुरै रहनेछन् ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
हप्ताको पहिलो दिन अर्थात आईतबार शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मठ मन्दिर तथा धार्मिक अनुष्ठानको यात्राको तय हुनेछ । निर्णायक पदमा हुनुहुन्छ भने आज गरिने निर्णयहरु राष्ट्रको पक्षमा हुनेछन् । सोमबारदेखि समय मध्यमय रहेकोले प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनालेसमयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । खानपिन तथा मनोरञ्जन गर्दा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । हप्ताको अन्त्यमा लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,त)
समय उत्तम रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)
अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बुधबार तथा बिहिबारको समय राम्रो भएकोले उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हँुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ भने टाडिएका मित्रहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुदा मानशिक तनाब बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू ,ध,फा,ढा,भे)
बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बुधबारदेखि समय मध्ययम रहेकोले हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । हप्ताको अन्तमा सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको शुरुको दिन आईतबारको समय राम्रो भएपनि सोमबारदेखि समय मध्ययम रहेकोले समय तथा परिस्थितिको राम्रो सँग अध्ययन नगरि चल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुनालेनतिजा उनिहरुकै पोल्टोमा जान सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुनालेमुद्दा तथा झै झमेलामा सामेल नहुनुनै राम्रो रहेकोछ । व्यावसायमा नाफा कमाउँन हरुदिन भन्दा बढिनै संघर्ष गर्नुपर्नेछ भने लगानि बढाउँन केहि समय कुर्नु उपयुक्त हुनेछ । माया प्रेममा बिगतका यादहरुले सताउँने हुदा दैनिक काम गर्न मन जानेछैन । स्वास्थ्यमा सामान्य समस्या बढ्ने तथा झुटा आरोप लाग्न सक्छ ध्यान दिनुहोला । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा बिभिन्न समस्याहरु आईलाग्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू ,से,सो,दा)
कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । घर जग्गा खरिद बिक्रि तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ भने माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
हप्ताको शुरु अर्थात आईतबारको समय राम्रो रहेकोले जनसम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । सोमबार तथा मंगलबार ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबारहरु बिग्रन सक्छन् ध्यान दिनुहोला । काममा सहयोग गर्नेहरु भन्दा अल्मल्याउने हरु हाबि हुने हुनालेमहत्वपुर्ण कामहरु थाति रहन सक्छन् । बुधबार तथा बिहिबार समय राम्रो रहेकोले परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुनालेसमस्याका पर्खालहरु आफै ढल्नेछन् । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस ।
ज्योतिषी तारानाथ भण्डारी ।