समाचार

पृथ्वी राजमार्गमा ट्रक ठो,क्किँदा २ जनाको मृ,त्यु, २ गम्भीर घाइते

धादिङ, १९ माघ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्गकाे थाक्रे गाउँपालिका वडा न. २ कोइरालेमा ट्रक जुध्दा २ जनाको ज्यान गएको छ ।

मुग्लिनबाट काठमाडौँ आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले सोही दिशातर्फ बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठ,क्कर दिँदा दुर्घ,टना भएको हो । दुर्घ,टना परी मृ,त्यु हुनेमा ठ,क्कर दिने ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानो सुकि वडा नं ९ का किरण प्रताप गुरुङ्ग रहेका छन् । उनीहरूकाे घटनास्थलमै मृ,त्यु भएको प्ररहीले जनाएकाे छ ।

नवलपरासीकाे सुनवाल नगरपालिका वडा नं ६ का चालक लिला राम अधिकारी भने गम्भीर घाइते भएका छन् । साथै बाराकाे करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि ग,म्भीर घाइते रहेका छन् । उनीहरूको उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लगिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।

दुर्घ,टनाको कारण चालक निदाएर ठ,क्कर खाएको हुन सक्ने प्राम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।अाइतबार बेलुका ३ बजेर ३० मिनेटमा भएको दुर्घटनामा च्यापिएका चालकको २ घण्टा लगाएर मात्र प्रहरीले उद्वार गरेको निरीक्षक पाण्डेले बताए । मृ,तक दुवैकाे शव गजुरी प्राथमिक चौकीमा राखिएको बताइएको छ ।

Related Articles

Back to top button