समाचार

प्रचण्डलाई अर्को झ’ड्का नेपालले प्रचण्डको साथ छोडेर ओली समुहमा जाने घोसणा गरे

काठमाडौँ / जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा पुनःस्थापना र चुनावले मुलुकमा नयाँ द्वन्द्व सुरु हुने बताएका छन् ।‘प्रधानमन्त्री केपी शर्मा ओलीले वि’घटन गरेको प्रतिनिधिसभा पुनःस्थापनाले मुलुकको संकट समाधान हुन सक्दैन,’ अध्यक्ष ठाकुरले भने,‘चुनाव नै भयो भने पनि कानुनी रुपमा एउटै दल नेकपाका कारण अर्को द्व’न्द्व सुरु हुने छ ।

सत्ताधारीको छलकपटले बनेको संविधानमा धारा कार्यान्वयन वि’वादले मुलुकमा संकट आएको उनले बताए । जनकपुरमा शनिबार जसपा सम्बद्ध इन्जिनियर संघको राष्ट्रिय भेलाको उदघाटन गर्दै अध्यक्ष ठाकुरले सत्ताधारीले मुलुकमा राजनीतिक संकट ल्याएको बताए ।

संविधान संशोधनले मात्रै राजनीतिक संकट समधान हुन सक्ने उनले बताए । प्रधानमन्त्री ओली पशुपतिनाथको गण रहेको र पशुपतिनाथका गणहरु भुतप्रेत हुने भएकोले ओलीलाई सम्झिन नसकिने उनले टिप्पणी गरे ।

एउटै पार्टीभित्र सत्ताको संघर्षले संसद् वि’घटन भएको उल्लेख गर्दे अध्यक्ष ठाकुरले त्रूटीपूर्ण संविधानले मुलुकमा राजनीतिक सं’कट आएको ठाकुरले बताए ।

यस्तै, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनमाथि प्रतिगमन गरेको बताए । ‘संविधान जारी गर्दा पहिलो प्रतिगमन भएको थियो,’ महतोले भने,‘जबरजस्ती जारी भएको संविधानलाई टेकेर ओली प्रतिनिधिसभा वि’घटन गरी प्रतिगमनमाथि प्रतिगमन गरे ।’

संविधान जारी गर्दा गडबड गर्नेहरुले मुलुकमा एकपछि अर्को गडबड गर्ने भएकाले सचेत हुन कार्यकर्तालाई निर्देशन दिए । गलत ट्रयाकबाट संविधान आएकाले मुलुकमा नतिजा पनि गलत आएको महतोले बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली संविधानलाई आ’र्य’घा’ट’मा पुर्‍याउने तयारी गर्दै छन,’ महतोले भने,‘संविधान बनाउँदा ब्यानर मात्रै फेरियो । विचार र व्यवहार फेरिएन । व्यवस्था मात्रै फेरेर संविधान टिक्दैन ।

मुलुकमा राजनीतिक संकटले गर्दा चुनाव सम्भव नभएको उनले बताए । अधिकारकालागि भएका आ’न्दो’ल’नहरु सडकमै रहेकाले सबै आन्दोलनकारी मिलेर राष्ट्रिय मुक्ति आ’न्दो’ल’नमा जुटने समय आएको महतोले बताए ।

यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित भएर दुई धार बनिसके उल्लेख गर्दै गु’माउरो तरिकाले ओलीको पक्षमा उभिएका छन्। बुधबार ललितपुरमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको स्वीकारेका छन् ।

‘नेकपा व्यवहारिक र राजनीतिक रुपमा फु’टिसकेको छ। तर अझै पनि कानुनी रुपमा फुटिसकेको छैन। म यो विभाजनको प्रत्यक्षदर्शी हो’, उनले भने, ‘निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो ।

हाम्रो देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुट्यो। उनले १३ वर्ष लामो मिहिनेतपछि एकता भएको पार्टी एकै छिनमा फुटेको भन्दै चित्त दुखाए ।

१३ वर्ष लगाएर एकता गरेको पार्टी एकैछिनमा फुट्यो। जुट्नुभन्दा निर्माणको शक्ति ठूलो हुन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि हाम्रो पार्टीका नेताहरुले पार्टी फुटाउनुभयो’, उनले भने,

उनले केपी ओली र प्रचण्डको नेतृत्वमा २ समूह निर्माण भएको बताए। ‘उहाँहरु नेकपाका दुई अध्यक्ष हुनुहुन्थ्यो तर अहिले उहाँहरु दुई समूहको नेता बन्नुभएको छ’, उनले भने, ‘पार्टी र सरकार बनाउने नेताहरु नै दुई चिरामा विभक्त भएका छन्।

एकथरी निर्वाचनमा जानैपर्छ र अर्कोथरी प्रतिनिधिसभा वि’घटन हुनैपर्छ भनेर लाग्नुभएको छ। वैशाखमा चुनाव हुने हो भने ओली समूहले बहुमत ल्याउँछु भन्छ। अर्कातिर दुई वर्षपछि निर्वाचन हुने हो भने हामी बहुमत प्राप्त गर्छौ भनेर प्रचण्ड समूहले भनिरहेको छ।’

गत निर्वाचनमा नेकपाको पक्षमा ठूलो लहर आएको उनले बताए। ‘गत निर्वाचनमा नेकपाको पक्षमा ठूलो लहर आएको थियो । हामी दुई पार्टी मिलेर गएको मत जम्मा ४३ लाख थियो’, उनले भने, तर नेपाली कांग्रेसले प्राप्त गरेको मत ३० लाख थियो ।

अहिलेसम्म केही मत बढेको हुन सक्छ। हामीले प्राप्त गरेको मत बाँडिने हो भने साढे २१ लाख हुन्छ। फुटेर जाँदा पक्का मत विभाजित हुन्छ। दुवै पक्षले हार्ने मात्रै हो।’

फुटको अवस्थामा निर्वाचन भएमा दुवै समूहले हार्ने पक्का रहेको उनले बताए। ‘त्यसबेलाको मत सबैको बढेको होला तर अहिलेको अवस्थामा हामी निर्वाचनमा जाने हो भने दुवै समूहले हार्ने पक्का छ’, उनले भने, ‘नेताहरूले फुटेर पनि बहुमत ल्याउँछौँ भन्नुभएको छ। तर त्यो सरासर गलत छ।’

फुटेर बहुमत ल्याउँछौँ भन्ने कुरालाई लिएर वामदेवले आफैँसँग तुलना गरे। आफूले २०५४ सालमा एमाले फुटाएर माले बनाउँदा एक सिट पनि नजितेको घ’टना उनले स्मरण गरे ।

फुटेर पनि मत प्राप्त गर्छौँ भनेर मैले ४ वर्षसम्म भाषण गर्दै हिँडे’, उनले भने, ‘तर एमालेबाट फुटेर गएको मेरो पार्टी नेकपा मालेले देशभरबाट एउटा पनि सिट ल्याउनै सकेन।’

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

Related Articles

Back to top button